हरिवन १०,सर्लाही

06:30 AM - 07:00 AM

अहिले तरंगमा : बानीबहस

07:00 AM - 07:15 AM

यसपछि : राष्ट्रीय गित

समाचार

वार्षिकोत्सवको अवसरमा द्वन्दपिडित बालबालिकाका लागि खाद्यन्न सामाग्री वितरण ।।

image not found
रेडियो सर्लाही । 
            जेष्ठ १८ ।  रेडियोको १०औं वार्षिकोत्सवको अवसर पारेर जिल्लाकै पहिलो रेडियो सामुदायिक रेडियो सर्लाही १०५.७ मेगाहर्जले अनाथ बालबालिकाको लागि खाद्यन्न सामाग्री वितरण गरेको छ ।
रेडियोका अध्यक्ष भरत कुमार कार्कीको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यतमा हरिवन नगरपालिका ५ स्थित द्वन्दपिडित बालगृहमै एक कार्यक्रमको आयोजना गरी रेडियोले बालगृहमा रहेका ४० बालबालिकालाई रेडियोले १५० किलो चामल, ५५ किलो आलु, १० किलो दाल र एक कार्टुन तेल बालगृहका संचालक सुरेन्द्र लामालाई हस्तान्तरण गरेको हो ।
           हरेक स्थापना दिवसका अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको रेडियोले यस वर्ष पनि अभिभावक गुमाएका अनाथ बालबालिकाको लागि खाद्यन्न सामाग्री सहयोग गरेको रेठियोका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो । कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले बालबालिकाको आवश्यकता पूरा गर्न स्थानीय सरकार लागि परेको बताउनु भयो । त्यस्तै रेडियोका पूर्व अध्यक्ष चुडामणि वाग्लेले नियमित रेडियो सुन्ने मानिस नै वुद्धिमानि हुने भन्दै अनाथालयमा भएका बालबालिकालाइृ पनि नियमित रेडियो सुन्न आग्रह गर्नु भयो ।
          त्यस्तै रेडियोका अध्यक्ष भरतकुमार कार्कीले बालबालिकालाई सानो सहयोग गर्न पाउँदा अत्यन्तै खुशि लागेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि सकेको सहयोग गर्दै जाने बताउनु भयो । कार्यक्रममा रेडियोका संचालक समितिका सचिव सन्तोष बानिया, स्टेशन म्यानेजर सोम दियाली, नविल वैंकका हरिवन शाखा प्रमुख मंगल श्रेष्ठ, हरिवनका स्थानीय विकासप्रेमी यूवाहरु विनेश कार्की, विप्लप कार्की, रेडियोका वजार व्यवस्थापक अच्यूतम सापकोटा, प्राविधिक प्रमुख संजु कर्ण, खाद्यन्न सामाग्री वितरणमा विशेष सहयोग गर्ने स्थानीय व्यापारी जोत नारायण साह समेतको उपस्थिती रहेको थियो ।
         रेडियोको सानो सहयोग नै आफुहरुको लागि ठुलो भएको बालगृहकी व्यवस्थापक एवं सर्लाही क्षेत्र नम्बर १ ख की प्रदेश सभा सदस्य बेची लुंगेलीले बताउनु भयो । साथै उहाँले रेडियो सर्लाही र सहयोग गर्ने सवै महानुभावलाई धन्यवाद समेत दिनु भयो ।