हरिवन १०,सर्लाही

05:30 AM - 06:00 AM

अहिले तरंगमा : प्रभातवानी

06:00 AM - 06:30 AM

यसपछि : सी.आई.एन समचार

समाचार

रेडियोको वाषिकोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान ।।

image not found
रेडियो सर्लाही ।
                जेष्ठ १८ ।   १०औं वार्षिकोत्सवको अवसरमा रेडियो सर्लाहीले प्रदेश तथा स्थानीयत तहमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा रेडियोले विभिन्न विद्याका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरेको छ । रेडियोले एक कार्यक्रमको आयोजना गरी सर्लाही क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, सर्लाही क्षेत्र नम्बर १ ख बाट निर्वाचित बेची लुंगेली, त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल, ११ ओटै वडाका वडा अध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत टीकाराम ढकाल, रेडियोका संस्थापक अध्यक्ष चूडामणि वाग्ले लाई समेत दोसल्ला ओढाई सम्मान गरेको छ ।
             त्यस्तै भारतको मन्दोदर सहरमा भएको कराते प्रतियोगिताका विजेता खेलाडीहरु गोल्डमेलस्टि सुविन श्रेष्ठ र सिल्भरमेडलिस्ट प्रवीण माझी र धर्मेन्द्र राम लाई पनि दोसल्ला र प्रसंसा पत्र बाट सम्मान गरेको छ । त्यस्तै भाषा साहित्यको संरक्षणको उदेश्यले प्रणय दिवसका अवसरमा रेडियोले आयोजना गरेको खुल्ला मुक्तक प्रतियोगितामा प्रथम भएका सिन्धुलीका रुपक जमरा, हरिवनकी गंगालक्ष्मी मैनाली र रौतहटका अन्जन मगर लाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार र सम्मान पत्रबाट सम्मान गरेको छ ।