हरिवन १०,सर्लाही

07:15 AM - 07:30 AM

अहिले तरंगमा : बी.बी.सी समाचार

07:30 AM - 08:00 AM

यसपछि : राष्ट्रीय गित

समाचार

रेडियोको वार्षिकोत्सवमा प्रदेश सभा सदस्य लुंगेली सहित ४० जनाद्वारा रगतदान ।।

image not found
रेडियो सर्लाही ।
            
          जेष्ठ १८ । रगत दान नै जीवनदान भन्ने नाराका साथ रेडियो सर्लाहीले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरको रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य वेची लुंगेली सहित ४० जना महानुभावहरुले रगतदान गरेका छन् ।
          रेडियोका अध्यक्ष भरत कुमार कार्कीको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव समारोहका अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य लुंगेलीले सर्वप्रथम रगतदान गर्नु भएको हो ।
         रक्तदान गर्दै प्रदेश सभा सदस्य लुंगेलीले रक्तदान गरेर व्यक्तिलाई कुनै हानी नहुने वरु फाईदा नै हुने भएकोले हरेकले रक्तदान गर्नु जरुरी रहेको बताउनु भयो । त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य डाचाराज वाग्ले, रेडियोकै संस्थापक अध्यक्ष चुडामणि वाग्ले, रेडियोको संचालक समिति उपाध्यक्ष बुक कुमारी थापा, भोको पेट रमजानको व्रत बसेका वडा नम्बर ११ का वडा अध्यक्ष शेष मेहबुव रेजाले समेत रक्तदान  गर्नु भएको छ । त्यस्तै रेडियोका अन्य कर्मचारी, स्थानीय व्यापारी, सुरक्षाकर्मी गरी ४० जनाले रगतदान गरेका रेडियोका स्टेशन म्यानेजर सोम दियालीले बताउनु भयो ।
        जिल्लाकै पहिलो रेडियोको रुपमा २०६६ साल जेष्ठ १८ गते बाट रेडियो सर्लाहीले आफ्नो प्रसारण सुभारम्भ गरेको थियो । रेडियोले अहिले पनि शिक्षा, स्वास्थ्य, भाषा साहित्य, कला संस्कृति रोजगार, कृषि, पशु, मनोञ्जनात्मक र ज्ञानवद्र्धक कार्यक्रमहरु संचालन गरी रहेको छ । यो रेडियो दैनिक १७ घण्टा प्रसारण हुने गर्दछ ।